म तपार्इंहरुको प्रिय महानिरीक्षक बन्ने प्रयास गर्नेछुः प्रहरी महानिरीक्षक


प्रकाशित मिति : चैत्र २९, २०७३ मंगलबार

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सङ्क्रमणकालको आवरणमा शान्ति–सुव्यवस्थामा खलल पार्ने कुनै गतिविधि क्षम्य नहुने बताउनुभएको छ ।

महानिरीक्षक भएपछि आज प्रहरी मुख्यालयमा मातहतका प्रहरी अधिकारीसमक्ष प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै महानिरीक्षक अर्यालले संविधान बनेसँगै स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नका लागि आवश्यक अभिभारा पूरा गर्न प्रहरी सङ्गठनले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्गठनको व्यावसायिकता र प्रभावकारिता बढाउने आफ्नो प्राथमिकता रहेको बताउँदै उहाँले भन्नुभयो, “म तपार्इंहरुको प्रिय महानिरीक्षक बन्ने प्रयास गर्नेछु । जुनसुकै दर्जाका प्रहरी कर्मचारीको गुनासो सुन्न सक्ने गरी अभिभावकीय भूमिका निर्वाह गर्नेछु ।” अवाञ्छित गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गर्दै त्यसमा कसैको प्रभाव र दबाब स्वीकार नगर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
सहकर्मीलाई साथै लिएर जान्छु

प्रहरी महानिरीक्षक अर्यालले साङ्केतिक रुपमा आफ्नो प्रतिस्पर्धी रहेकाहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेतृत्वमा प्रतिस्पर्धा हुनु प्रकृतिको नियम हो, प्रतिस्पर्धा भइसकेपछि दौडमा एक जना मात्रै पहिलो हुन्छ, प्राकृतिक कुरालाई अरुले स्विकार्न सक्नुपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्ना सहकर्मीलाई साथमा लिँदै गुनासो मत्थर गर्न आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “म र मेरो भावनाभन्दा माथि उठी एकताबद्ध भएर अघि बढ्न मेरा सहकर्मी र समकक्षीलाई आग्रह गर्छु ।”

कार्यक्रममा महानिरीक्षक अर्याललाई स्वागत तथा बधाई दिँदै यसअघि निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुभएका डा दिनेशचन्द्र पोेखरेलले प्रहरी सङ्गठनमा अनुशासन र ‘चेन अफ कमान्ड’ खुकुलो बन्दै गएको गुनासोलाई नयाँ महानिरीक्षकले विशेष रुपमा लिन आग्रह गर्नुभयो । सो अवसरमा प्रहरीको एक टुकडीले महानिरीक्षक अर्याललाई सम्मान गारत अर्पण गरेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com