फ्याक्ट चेक : के अप्रिल २९ मा छुद्रग्रह पृथ्वीमा ठोक्किदैछ ?


प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार

अप्रिल २९ मा छुद्रग्रह पृथ्वीमा ठोक्किने विभिन्न प्रकारका हल्लाहरु त सुन्नुभएको होला । तर यो हल्ला झुठो हो ।

सत्य के हो भने अप्रिल २९ मा एउटा छुद्रग्रह पृथ्वीभन्दा ४ मिलियन माइल परबाट जान लागेको छ । र, यो अहिले पृथ्वीमा ठोक्किने कुनै सम्भावना नभएको खगोलविदहरुले जनाएका छन् ।

अन्तरीक्षबारे चासो राख्नेहरुका लागि यो परिघटना रोचक परिघटना नै हो । किनभने यो छुद्रग्रह बुर्ज खलिफा भवनभन्दा पाँचगुणा ठूलो छ । यदि यो पृथ्वीमा ठोक्किएमा ठूलो विनाश पनि हुनसक्छ । तर ठोक्किने सम्भावना भने छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नासाले छुद्रग्रह पृथ्वीको नजिक भएर जाँदा हुनसक्ने खतराबारे नजिकबाट अवलोकन गरिरहेको जनाएको छ । जब पृथ्वीको नजिकमा कुनै बस्तुहरु देखिन्छन्, तब नासाले त्यो कतातिर गइरहेको छ, कहिलेसम्म रहन्छ भन्ने विषयमा अध्ययन र अवलोकन गरिरहेको हुन्छ ।

अप्रिल २९ मा पृथ्वीको ४ मिलियन माइल नजिक भएर जाने छुद्रग्रह सन् १९९८ मा पत्ता लागेको थियो । त्यसैले यो छुद्रग्रह अचानक प्रकट भएको पनि होइन । नासाले यसको दुईदशकदेखि अवलोकन गरिरहेको छ । पृथ्वीको नजिक भएर जाँदा यसको गति २० हजार माइल प्रतिघण्टा हुनेछ ।

तर यसको दुरी पृथ्वी र चन्द्रमाको तुलनामा पनि १६ गुणा टाढा रहेको छ । अर्थात् पृथ्वीको जुन दुरीमा चन्द्रमा रहेको छ, त्यो भन्दा १६ गुणा परबाट यो छुद्रग्रह जानेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com