आईआरएसले मे १ देखि हुलाकबाट राहत चेक पठाउने, बैंक खातामा डिपोजिट बुधबार


प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार

आईआरएसले कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न आर्थिक प्रभाव रकमको चेक करदातालाई मे १ बाट हुलाकबाट पठाउन सुरु गर्ने भएको छ । हुलाकबाट पठाउन मे १ बाट केहीसातासम्म लाग्ने अनुमान गरिएको छ ।

डाइरेक्ट डिपोजिटका लागि बैंक खाता दिएका कैयन करदाताले आफ्नो बैंकमा आगामी बुधबार रकम देख्न सक्नेछन् । आईआरएससँग बैंक खाता नभएकाहरुले यथाशीघ्र खाता उपलब्ध नगराएको खण्डमा आईआरएससँग भएको ठेगानामा चेक पठाइने भएको छ ।

आईआरएसले अप्रिल १५ बाट उक्त रकम पठाउन सुरु गरेको हो । अमेरिकी सरकारले अहिलेसम्म ८८ मिलियन अमेरिकी करदाताहरुका खातामा राहत रकम पठाइसकेको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकलले १२ सय डलर र डेढलाख भन्दा कम आम्दानी हुने दम्पत्तिले २४ सय डलर प्राप्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राहत रकम प्राप्त नगरेकाहरुले साप्ताहिक रुपमा उक्त रकम प्राप्त गर्ने आईआरएसले जनाएको छ । आईआरएसलाई प्रत्यक्ष डिपोजिटका लागि बैंक खाता नदिएकाहरुले अनलाइनमार्फत बैंक खाता उपलब्ध गराउन सक्नेछन् भने कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुले तथा सन् २०१९ को अन्त्यतिर अमेरिकामा ग्रिनकार्डमा आएकाहरुले नन फाइलर्समा आफ्नो विवरण बुझाउन सक्नेछन् ।

जसजसले रकम पाएका छैनन्, उनीहरुले  गेट माई पेमेन्ट नामको यो टुलमा क्लीक गरिसकेपछि करदाताले आफूले प्राप्त गर्ने रकमको अवस्थाबारे जानकारी पाउन सक्नेछन् ।

खासगरी यो लिंकमा क्लिक गरेर आफ्नो विवरण दिएपछि चार प्रकारका सन्देशहरु तपाईले पाउनुहुनेछ । पहिलो, यदि तपाईको बैंक खातामा आईआरएसले रकम पठाइसकेको छ वा पठाउने तय गरेको छ भने बैंक खाताको अन्तिम ४ नम्बरसहित कहिले पठाएको हो वा पठाउने तय भएको छ उक्त विवरण तपाईले पाउनुहुनेछ ।

दोश्रो, तपाई योग्य भएको तर तपाईलाई रकम पठाउने प्रकृया पूरा गर्न बाँकी रहेको तथा रकम पठाउने मिति तय नभइसकेको सन्देश पाउनुहुनेछ । यदि यस्तो सन्देश पाउनुभयो भने दिनमा पटकपटक अनलाइनमा गएर चेक नगर्नुहोला । किनभने आईआरएसले यो विवरण २४ घण्टामा एकपटकमात्र अपडेट गर्ने भएकाले २४ घण्टापछिमात्र चेक गर्नुहोला ।

राहत रकम ट्रयाक गर्न वा खाता नम्बर दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

तेश्रो, थप जानकारी आवश्यक भएको सुचना देख्न सक्नुहुनेछ । जस अन्तरगत तपाई योग्य भएको तर तपाईलाई कुन बैंकमा रकम पठाउने भन्ने विवरण आईआरएससँग नभएको उल्लेख गरिएको हुन्छ । यसो भएमा तपाईले बैंकको विवरण उल्लेख गर्ने विकल्प पाउनुहुनेछ । बैंकको विवरण उल्लेख गरिसकेपछि तपाईले शीघ्र रकम प्राप्त गर्नुहुनेछ ।

याद गर्नुहोस्, यदि तपाईले आईआरएसलाई आफ्नो बैंक एकाउन्टबाट इलेक्ट्रोनिक रुपमा कर दाखिला गर्नुभएको थियो भने आईआरएसले अटोमेटिक रुपमा नै उक्त एकाउन्ट तपाईलाई राहत रकम पठाउनका लागि प्रयोग गर्दैन । तपाईले गेट माइ पेमेन्ट टुलमा गएर डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट दिनुपर्नेहुन्छ ।

चौथो, पेमेन्ट स्टाटस उपलब्ध नभएको सुचना पाउनुहुनेछ । यो सुचनामा आईआरएसले तपाइको योग्यता निर्धारण गर्न नसकेको उल्लेख गरेको हुन्छ । तपाईले सन् २०१८ मा वा सन् २०१९ मा ट्याक्स फाइल गर्नुभएको थिएन भने यस्तो हुनसक्छ । साथै तपाईले हालै सन् २०१९ को ट्याक्स फाइल गर्नुभएको छ तर आईआरएसले त्यसलाई सम्पूर्ण रुपमा प्रकृया पूरा गरिसकेको छैन भने पनि यो सुचना प्राप्त गर्न सक्नुहुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com