नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा सजिएको निकै राम्रो र सबैलाई नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोकगीतमा मोडल बब्बु थापा र गायिका प्रमिलाकै नृत्य देख्न सकिन्छ । गीतमा शिब हमालको लय/शब्द रहेको छ । बब्बु थापाले निर्देशन गरेको भिडियोलाई दुगौ पौडेलले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।
गायक रामजी खाँणले गाएका पछिल्लो समय धेरै गीतहरुलाई दर्शक तथा स्रोताले मन पराएको पाइन्छ । साथै गायिका प्रमिला तामाङले पनि लोक तथा दोहोरी गीतको क्षेत्रमा पाइला टेकेको केहि वर्ष हुँदैछ ।
उनले यो भन्दा अघि ५ वटा गीत गाइसकेकी छिन् । ‘आँखा गाजले’ बोलको लोकगीतबाट गायन यात्रा शुरु गरेकी प्रमिलाको यो छैटौं गीत हो । साथै प्रमिलाले आँफुले गाएका गीतहरुमा मोडलिङ गर्दै आएकी छिन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।