काेराेनासँगको लडाइँ जितेकी बागलुङकी ६५ वर्षीय मनकुमारी भन्छिन् ‘मन दह्रो बनाएपछि बाँचिदोरहेछ’


प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल अस्पतालबाट डिस्चार्ज भएकी छन् । धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएपछि अस्पतालले डिस्चार्ज गरेकाे हाे ।

छोरीलाई भेट्नका लागि बेल्जियम गएर फर्कदा काेराेना संक्रमण भएपछि अस्पताल भर्ना भएकी थिइन् । डिस्चार्जपछि पौडेलले आफूले जसरी पनि कोरोना भाइरसलाई जित्ने अठोट बनाएकाे र अन्ततः जित्न सफल भएको बताइन् ।

उनले आत्मबल दह्रो बनाए कोरोनालाई सजिलै जितिने पनि बताइन् । ‘मलाई कोरोनाको संक्रमण भएपनि शारिरिक रुपमा कुनै समस्या थिएन, विश्वका हजारौं मानिसको ज्यान लिएको कोरोनालाई जित्छु भन्ने अठोटका कारण ६५ वर्षको उमेरमा कोरोनालाई जितेर घर फर्केकी छु ।’

उनले अस्पतालमा हुँदा परिवारमै बसेजस्तो लागेकाे समेत बताइन् । उनले भनिन्, ‘अस्पतालमा बस्दा पनि डाक्टर, नर्स सबैको माया पाएँ, म अस्पताल छुजस्तो कुनै महसुस भएन, परिवारमै बसेजस्तो भयो । त्यसले गर्दा म कोरोनालाई सहजै जितेर घर फर्केकी छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताइन् ।

आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको बताउँदै संक्रमण लाग्दै नदिनका लागि सबै सतर्क हुनुपर्ने उनले आग्रह पनि गरिन् । नआत्तिन पनि उनकाे आग्रह थियाे ।

धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि. पौडेलले उनलाई नियमित दिइरहेका औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गरिएको बताए । पौडेललाई घर पुगेपछि पनि केही दिन क्यारेन्टाइनमा राखिने बताइएको छ ।

संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए । ती मध्ये काठमाडौंमा उपचाररत दोस्रो संक्रमित पनि कोरोना मुक्त भइसकेकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com