नयाँ शक्तिले भोलि देशभरका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने


प्रकाशित मिति : चैत्र २०, २०७३ आईतबार

नयाँ शक्ति पार्टी, नेपालले भोलि (सोमबार) ७५ वटै जिल्लाका निर्वाचन कार्यालयहरुमा धर्ना दिने भएको छ । नयाँ शक्ति पार्टीलगायत अन्य चुनाव चिन्ह नपाएका दलहरुले संयुक्त रुपमा आज (आइतबार) शान्तिपूर्ण रुपमा काठमाडौंस्थित निर्वाचन आयोगमा धर्ना दिँदा धर्नास्थलबाटै संयोजक डा. बाबुराम भट्टराईसहित नयाँ शक्ति तथा अन्य पार्टीका नेताहरुलाई गिरफ्तार गरेकोप्रति भत्र्सना गर्दै शीघ्र रिहाइ अनि दलीय चुनाव चिन्हको माग गर्दै भोलि बिहान निर्वाचन कार्यालय घेराउ गर्ने जनाएको छ ।

निर्वाचन आयोगमा विधिवत ंरुपमा दर्ता भएको नयाँ दललाई संविधानप्रदत्त पाउनुपर्ने दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बञ्चित गर्दै हाल संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई मात्र चुनाव चिन्ह दिने कानूनी व्यवस्था सरकारले गरेको छ । नयाँ दललाई आफ्नो दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ को सो व्यवस्था संशोधनका लागि दवाव दिन भन्दै आइतबार काठमाडौंस्थित निर्वाचन आयोगमा धर्ना दिएको थियो ।

यसैबीच गिरफ्तारपश्चात् प्रहरी हिरासतमा रहनुभएका पूर्वप्रधानमन्त्री एवं पार्टीका संयोजक डा. भट्टराईले जबसम्म यो सरकारले दलीय चुनाव चिन्ह दिंदैन र चुनावको वातावरण सुनिश्चित गर्दैन, त्यतिबेलासम्म आफूहरुको आन्दोलन जारी रहने बताउँदै हिरासतमै धर्ना बस्नुभएको छ ।

संयोजक भट्टराईलाई उधृत गर्दै उहाँका निजी सचिव विश्वदिप पाण्डेले भन्नुभयो – ‘निर्वाचनमा जानका लागि दलीय चुनाव चिन्ह पाउनु पर्ने आफ्नो मुख्य माग रहेको र सो माग पूरा नहुँदासम्म आफूहरु हिरासतमै रहेर धर्ना दिने बताउनुभएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार बिहान धर्ना सुरुभएलगत्तै प्रहरीले धरपकट गरी संयोजक भट्टराईसहित ५० भन्दा बढी नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । सोको विरोधमा नयाँ शक्तिले भोलि पनि निर्वाचन कार्यालय घेराउ गर्ने भएको हो । व्यापक जनसहभागितासहितको निर्वाचन कार्यालय घेराउका लागि बिहान साँढे आठ बजे काठमाडौंको अनामनगरस्थित हनुमानथानमा भेला हुन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेको केन्द्रीय कार्यालयका सहसंयोजक प्रल्हाद लामिछानेले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com