तीनसातामा बेलायतमा तीन पूर्व गोर्खासहित ५ नेपालीको मृत्यु, हिजो र आजमात्र तीन


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

बेलायतमा तीनसाताको अन्तरालमा ५ जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या ५ पुगेको छ । विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएको बेलायतबाट प्रकाशित हुने नेपाली लिंकले जनाएको छ ।

सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए । ज्वरो, खोकी लगायतका लक्षणहरु देखिन थालेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आइसोलेसनमा बसेका थिए ।

आज बिहान ३ बजेतिर अलिक गाह्रो भएपछि आफै एम्बुलेन्स बोलाएर अस्पताल गएका उनलाई साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए ।

आजै लण्डनमा नेपालबाट परिवारका सदस्यलाई भेट्न आएका एकजना बृद्धको मृत्यु भएको छ । उनको मृत्युबारे परिवारले विवरण खुलाउन चाहेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिजो मंगलबारमात्रै कोरोना भाइरस संक्रमणका कारण लन्डन बस्ने भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको थियो । उनको मंगलबार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् ।

५९ वर्षीय गुरुङ पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्लीमा श्रीमती गंगादेवीसंग बस्दै आएका थिए ।

निरन्तर रुघाखोकी, ज्वरो आएपछि ६ दिनजति सेल्फ आइसोलेसनमा घरमा बसेका उनी गत १ अप्रिलमा एम्बुलेन्स बोलाएर अस्पताल गएका थिए । उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

यसअगाडि बेलायतको साउथ इस्ट प्लमस्टेटमा बसोबास गर्दै आएका ४० बर्षका प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अर्यालको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनी झण्डै ३ साता अगाडि नेपालबाट बेलायत आएका थिए । नेपालबाट बेलायत आएको केहीदिनमा नै उनमा ज्वरो र खोकी लगायतका लक्षण देखा परेका थिए । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।

बेलायतमा कोरोना संक्रमणबाट पहिलो नेपालीको मृत्यु भने मार्चको तेश्रो साता भएको हो । पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको थियो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई लण्डनको साउथ ह्यारोमा बस्दै राईको मृत्यु लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भएको थियो । मृतक पछिल्लो एक महिनादेखि निमोनियाबाट थलिएका थिए । झण्डै २ दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए । पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो ।

निमोनियाको उपचारका लागि करिब तीन साता अस्पताल बसेका उनलाई कोरोनाको महामारी बढ्दै जाँदा अस्पतालले घर पठाइदिएको थियो । अस्पतालबाट घर फर्किएको तीनचार दिनमा फेरि सिकिस्त भएपछि अस्पताल पुर्याएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com