फ्याक्ट चेक : अमेरिकी प्रोफेसर चार्ल्स चीनलाई कोरोनाभाइरस बेचेका कारण पक्राउ परे ?


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

अमेरिकी प्रोफेसर चाल्र्स लिबर चीनलाई कोभिड १९ कोरोना भाइरस बेचेका कारण पक्राउ परेको विवरण अहिले भाइरल भइरहेको छ । ती प्रोफेसरको पक्राउले कोरोना भाईरसको महामारीका सम्बन्धमा षड्यन्त्रको सिद्धान्तलाई मलजल गरेको फ्याक्ट चेक गर्ने वेवसाइट स्नुप्सले प्रस्ट पारेको छ ।

चीनमा कोरोना भाइरसको उत्पत्तिका लागि सम्बन्धित चीनको ल्याबबाट प्राप्त गरेको रकम लुकाएको आरोपमा हार्भर्डका प्रोफेसर पक्राउ परेका दावीहरु सार्वजनिक गरिएका छन् । जुन दावी गलत भएको पुष्टी भएको छ ।

सत्य के हो भने चीनको सरकारले स्पोन्सर गरेको भर्ती कार्यक्रमसँगको सम्बन्ध र चीनको युहान युनिभर्सिटी अफ टेक्नोलोजी डब्लयुयुटीबाट उनले प्राप्त गरेको भनिएको रकमबारे अमेरिकी सरकारलाई झुक्याउन खोजेका कारण उनी गत जनवरीमा पक्राउ परेका हुन् । लिबरको पक्राउ कोभिड १९ वा भाइरसको उत्पादन वा विकाशसँग सम्बन्धित छैन ।

यसबारेमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसको वक्तब्य

गत जनवरी २८ मा उनी चीनबाट प्राप्त रकमबारे संघीय अधिकारीहरुलाई झुक्याएको र झुठो बोलेको आरोपमा पक्राउ परेका हुन् । उनको पक्राउ बौद्धिक बृत्तमा निकै ठूलो समाचार बनेको थियो । तर पछि उनलाई रकम प्रदान गरेको भनिएको विश्वविद्यालय चीनको युहानमा रहेको कुरा फैलदै गएपछि षड्यन्त्रका सिद्धान्तहरु विकाश गरेर कोरोना भाइरससँग जोडियो ।

यसबारे एफबीआईएले के भनेको थियो ? हेर्नुहोस् वक्तब्य ।

वास्तवमा प्रोफेसर लिबरले चीनको सरकारको रक्षा मन्त्रालय र नेशनल इन्स्टीच्युट अफ हेल्थबाट रकम प्राप्त गरेका थिए । विदेशी सरकारबाट प्राप्त रकमबारे अमेरिकी सरकारलाई जानकारी दिनुपर्नेमा उनले यो कुरा लुकाएका थिए ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका अनुशार उनले युहानको विश्वविद्यालयबाट प्रत्येक महिना ५० हजार अमेरिकी डलर प्राप्त गरेका थिए भने बस्ने खाने बन्दोबस्तका लागि एकपटकमा १ लाख ५८ हजार डलर प्राप्त गरेका थिए । उनलाई युहान युनिभर्सिटी अफ टेक्नोलोजीमा रिसर्च ल्याब स्थापना युहान युनिभर्सिटीले १५ लाख अमेरिकी डलर प्रदान गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com