अमेरिकी नागरिक लिएर नेपालबाट उडेको विमान वासिंटन डिसी आउँदै, कलाकार सरोज खनालसमेत


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई बोकेर उडेको चार्टड विमान आज अमेरिकाको वासिंटन डिसीमा अवतरण हुने भएको छ । आज बेलुका ११ बजेर २५ मिनेट जाँदा वासिंटन डिसी मेट्रो एरियामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन लागेको हो ।

अमेरिकी सरकारकाले नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिका ल्याउनका लागि चार्टड गरेको यो दोश्रो विमान हो । यसअगाडि ३०२ जना अमेरिकनलाई बोकेर नेपालबाट चार्टड विमान अमेरिका आइसकेको छ । बाँकी रहेकाहरुलाई आज ल्याइदै गरेको हो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेको हो । उक्त विमान दोहा हुँदै अमेरिका आउने क्रममा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दूतावासले भनेको छ – ‘यो सबै नेपालस्थित अमेरिकी मिशनका सबै सदस्यहरूले अमेरिकन सिटिजन सर्भिसेजको लागि गरेको लगातार मेहेनत र नेपाल सरकारका विभिन्न निकायहरूको अत्यन्तै सकृय सहयोगको प्रतिफल हो। यस्ता संकटको घडीमा अमेरिकी नागरिकहरूको सकुशलता नेपालस्थित अमेरिकी मिशनको पहिलो प्राथमिकता हो। हामी यात्रारत सबैलाई शुभयात्राको कामना गर्दछौं।’

विमानमा नेपाली मुलका अमेरिकनहरु समेत रहेका छन् । चर्चित कलाकार सरोज खनाल पनि उक्त विमानमार्फत अमेरिका आउँदैछन् । अमेरिका जाने योजना गर्दागर्दै उनी नेपालमा नै अड्कीएका थिए ।

उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएको छ । खनाल भने लामोसमय अमेरिकाको बसाईपछि नेपाल फर्किएर अभिनयसँगै ब्यापार समेत गर्दै आएका थिए । लकडाउनले उनको पोल्ट्री फार्ममा पनि असर गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com