न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधनले नेपाली समाज स्तब्ध


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधनको खबरले न्युयोर्कको नेपाली समाज स्तब्ध भएको छ । दुईसाता अगाडि अनिल लिम्बुको मृत्यु भएकोमा हिजोमात्रै थप तीनजना नेपालीको मृत्युको खबर आएको थियो ।

हिजो नेवा नख न्युयोर्कका सल्लाहकार न्युयोर्क निवासी अजयमान छोंचुँको उपचारका क्रममा निधन भएको हो । छोंचुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अजयमान छोंचुँ

केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएपछि उनलाई एल्महस्र्ट अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । हिजो दिउसो ४ बजेतिर अस्पतालमा नै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

झण्डै दुईसाता अगाडि परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतिमा कोरोना नेगेटिभ देखिएको थियो । फ्युनेरल होम बुक गरेर अस्पतालबाट शव लैजान अस्पतालले सुझाव दिएको छ । कोरोनाको महामारीका कारण सबैघरभित्र बसिरहेकाले दाहसंस्कारमा परिवारका सदस्यहरु उपस्थीत हुने नहुनेमा अन्यौल उत्पन्न भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छोँचुँ न्युयोर्कको क्वीन्स ग्रयाण्ड एभिन्युमा श्रीमतिसँगै बस्दै आएका थिए भने उनका छोराबुहारी पनि न्युयोर्कमा नै बस्दै आएका छन् ।

 

शेर्पाको मृत्युको खबर दिएका परिवारले गल्ती स्वीकार्दै भने : ‘मुटु चलेको खबर आयो’

त्यस्तै न्युयोर्कमा बस्दै आएका मुस्ताङका दुईजना नेपालीको निधन भएको खबर पनि सार्वजनिक भएको छ ।

झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको  सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो ।  बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको शुक्रबार विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर  प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो ।

थोक्मे बिष्ट

तर उनी अलिक गाह्रो भएपछि माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ । बिष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् ।

बिष्ट ४८ बर्षका  थिए । बिष्टका दुईवटा छोरा र श्रीमति नेपालमा बस्दै आएका छन् । बिष्ट २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए भने र अमेरिका आएदेखि नै कागजपत्र नभएका नेपाल फर्कन सकेका थिएनन् । छेपक दोर्जे गुरुङले भने – ‘कागजपत्र नभएका कारण सधैका लागि नेपाल जाने बताउँदै थिए । दुईसाता अगाडिमात्र मेरो भेटघाट भएको थियो । परिवारलाई भेट्नै नपाई बिते ।’

बिष्टको मृत्यु कोरोनाले भएको हो वा अन्य कारणले भन्ने थप रिपोर्ट आउन बाँकी छ । केहीदिनपछिमात्र शव कसरी दाहसंस्कार गर्ने भन्ने टुंगो लाग्नेछ ।

त्यस्तै मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि  मृत्यु भएको जनाइएको छ । अन्दाजी ४० बर्षका उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ । झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ ।

उनको शव मेडिकल टिम र प्रहरीले लगेर गएको छ । उनी आफ्ना कुनै आफन्तको सम्पर्कमा नभएका कारण त्यसपछिको अवस्था अज्ञात रहेको छ ।

एकैदिनमा ४ जनाको मृत्युको खबरले न्युयोर्कको नेपाली समाजमा चिन्ता र तनाव बढेको छ । न्युयोर्कका नेपालीहरुले सामाजिक सञ्जालमाफर्त उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

यसरी न्युयोर्कमा १५ दिनको अन्तरालमा ५ जना नेपालीको निधन भइसकेको छ । गत मार्च २४ मा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको थियो । आफन्तको उपस्थीतिविनै लिम्बुको दाहसंस्कार गरिएको थियो ।

(यसअगाडिको समाचारमा परिवारका सदस्यका अर्का एकजना नेपालीको पनि मृत्यु भएको बताएकोमा पछि परिवारका सदस्यले नै मुटु चलेको खबर अस्पतालबाट प्राप्त भएको बताएपछि यो समाचार अपडेट गरिएको छ । – सम्पादक )

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com