भारतबाट नेपाल आएका एक व्यक्तिमा कोरोनाको संक्रमण,उनी कोरोनाको सातौं संक्रमित


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

कास्की । भारतबाट आएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । मध्यपूर्व, चीन र युरोपियन देशबाट आएकामा देखिदै आएको कोरोना भारतबाट आएकोमा पनि भेटिएको हो ।

कास्कीमा भेटिएका व्यक्ति नेपालमा कोरोनाका सातौं संक्रमित हुन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ, अब थप दुई परिक्षण हुने चिकित्सकले जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघी सार्वजनिक भएका दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानबाट नेपाल आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखिएको थियो भने त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आएको थियो । चीनबाट आएका व्यक्ति पहिलो संक्रमित थिए। उनी निको भएर गइसकेका छन्।

त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना स‌ंक्रमण भेटिएको भोलिपल्ट भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com