पोर्चुगलमा ७८५ मा कोरोना संक्रमण, ६ हजार ६१ मा संक्रमणको आशंका, ८०९१ निगरानीमा


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

– हरिकृष्ण पन्थी

पोर्चुगलमा कोरोना भाइरस संक्रमितको संख्या ७८५ पुगेको छ । आजै थप १४३ मा संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ७८५ पुगेको हो । पोर्चुगलमा आजै २ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको छ ।

संक्रमितमध्ये ३८१ जना पोर्तो लगायतका उत्तरी क्षेत्रमा, ८६ जना मध्य पोर्चुगलमा, २७८ जना लिस्बोनमा, २५ जना अल्ग्राभमा, ३ जना एकोरेस, २ जना अलेन्तेजो र १ जना मदेइरामा रहेका छन् ।

थप ६ हजार ६१ जनामा कोरोना संक्रमणको आंशका गरिएको छ । तर उनीहरुको ल्याब टेस्टको रिजल्ट आइसकेको छैन । त्यस्तै ८०९१ जना अधिकारीहरुको निगरानीमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्चुगलमा संक्रमितको पछिल्लो तथ्यांक यहाँ हेर्न सक्नुहुनेछ ।

संक्रमितहरुमध्ये ९ बर्षभन्दा कम उमेरका १७ जना, १० देखि १९ बर्षभित्रका ३९जना, २० देखि २९ बर्षभित्रका १०२ जना, ३० देखि ३९ बर्षभित्रका १४६ जना, ४० देखि ४९ बर्षभित्रका १६७ जना, ५० देखि ५९ बर्षभित्रका १२१ जना, ६० देखि ६९ बर्षभित्रका ९६ जना, ७० देखि ७९ बर्षभित्रका ५९ जना र त्योभन्दा माथिका ३८ जना रहेका छन् ।

संक्रमितमध्ये ३९० जना महिला र ३९५ पुरुष रहेका छन् । मार्च १२ सम्म पोर्चुगलमा ७८ जनामा संक्रमण पुष्टी भएकोमा त्यसयताका एकसातामा संक्रमितको संख्या ७८५ पुगेको हो । हिजो अहिलेसम्मकै सबैभन्दा धेरै १९४ मा संक्रमण पुष्टी भएको थियो ।

पोर्चुगलमा एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएपछि उनीसँग सम्पर्कमा आएका नेपाली लगायत ७४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमध्ये ५ जना नेपालीमा लक्षण देखिएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com