१४ घण्टे सडकको ‘नर्क’


प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार

उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नैै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन् ।

निर्माण शुरु भएको लामो बितिसक्दा यस सडकखण्डले अझै सम्पन्नता पाउन सकेको छैन । कालोपत्र भएको ठाउँमा पनि धुलोको कुहिरीमण्डल हुने गरेको छ । चाबहिलबाट साँखुसम्म पुग्ने सडक यातायातको हिसाबले निकै चाप हुने सडक हो । सावरीसाधनको चापको कारण यहाँ कार्यरत ट्राफिक प्रहरी बिहान उज्यालो भएदेखि सडकमै रहेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिठ्ठी फुक्ने बाध्यतालाई जो–कोहीले देखिनै रहेका हुन्छन् ।

बौद्धको सडकको ड्युटीमा खटिरहेका प्रहरी जवान समिर दाहाल भन्नुहुन्छ, “चावहिलदेखि जोरपाटीसम्म सडक बन्दै गरेको अवस्थामा सडकमा निकै जाम हुन्थ्यो, खाना खाने फुर्सद हँुदैन थियो । निर्माण सामग्री सडकमै हुन्थे । कच्ची सडकमा धुलोले नजिकैको दूरीमा पनि केही नदेखिने थियो । अहिले जोरपाटीसम्म सडक कालोपत्र भएपछि सडकमा तुलनात्मकरूपमा जाम घटेको छ तर धुवाँधुलो भने घटेको छैन ।”

व्यस्त सडकखण्डमा यताउता दौडिरहनुपर्ने हुन्छ । काम नै यस्तै हो । यसो भन्दै गर्दा दाहालले हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै गरेको देखिन्थ्यो । ट्राफिक प्रहरीको कार्य समय यति घण्टाको भनेर किटान गर्न सक्ने अवस्था छैन, महानगरीय ट्राफिक प्रहरी प्रभाग कपनका ट्राफिक प्रहरी सहायक निरीक्षक असइ नवराज सापकोटा भन्नुहुन्छ, “बिहान सबेरै सडकमा निक्लिएका ट्राफिक प्रहरीले मध्यरातसम्म फुर्सद पाउँदैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चेकिङ र ड्युटीले नै सामान्यतयाः १४ घण्टाभन्दा बढी सडकमै रहनुपर्ने बाध्यता छ ।”धुवाँधुलो त हाम्रो पहिचानै जस्तो भैसक्यो आज लगाएको कपडा भोलि लगाउन सकिँदैन । धुलो मात्रै कम हुने हो भने सडकमा रहेर काम गर्न निकै सहज हुने सापकोटा बताउनुहुन्छ । चाबहिलदेखि साँखुसम्मको सडकखण्डमा केही ठाउँमा कालोपत्र गरेको भेटिन्छ । उक्त सडकखण्डमध्ये चुच्चेपाटीदेखि साँखुसम्म तीन ठाउँमा कालोपत्र छ । बाँकी पूरै सडक कच्ची छन् ।

एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिदैन । कराउँदा कराउँदै स्वर बस्छ । हाम्रो समयस्या देख्दैनन् नियम मिच्नेलाई कारवाही गर्न खोज्दा उल्टै ट्राफिक प्रहरीमाथि नै भएभरको रिस पोख्ने गरेको महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी जवान गोविन्द भण्डारी बताउनुहुन्छ । भण्डारी भन्नुहुन्छ, “हाम्रो आफ्नै समस्या छन्, खानाको समय मिल्दैन, निद्रा पुग्दैन, दैनिक सडकमा उभिँदा ढाड दुख्ने रोग बढ्दो छ ।

खाना र निद्रा नपुग्दा उच्च रक्तचापको समस्याले पिरोल्ने गरेको छ । यतिमात्रै होइन, घरपरिवारबाट ढाटा हुँदा बिदाको समयमा घर जाँदा आफ्नै छोराछोरीले पनि ठूलोबुबा र अङ्कल भन्ने गरेका छन् । यसरी हाम्रो दैनिक कर्तव्य सडककै रहेर गरिरहेका छौँ, कतिपय बुझ्दैनन् हेप्छन् भने कतिपय सम्मान गर्छन् ।

कपनको आंशिक क्षेत्रबाहेक साँखु र बौद्धका ट्राफिक प्रहरी धुलो र सडकजामको हैरानीको मुख्य मारमा पर्नेछन् । चाबहिल–साँखु सडक चार लेनको बनाउने भन्दै लामो समयदेखि भत्काउने र खन्ने काम भएको छ । सडकभरि माटोको थुप्रो र हिलोको समस्या भनिसाध्य छैन । सडकको काम छिटो सम्पन्न भए धुलोबाट भए पनि मुक्ति मिल्ने ट्राफिक प्रहरी बताउँछन् ।

विसं २०७२ बाट सडक बनाउने भन्दै निर्माण शुरु भयो । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । माक्स लगायो केही समयमै सिठ्ठी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको माक्स भएता पनि सवारी साधनले उडाउने अत्यधिक धुँवाधुलाले सजिलै मुखभित्र छिर्ने गरेकामा ट्राफिक प्रहरीको दुखेसो छ ।

दैनिक बिहान बेलुकाको धुलोले कपडाको रङ नै परिर्वतन हुन्छ । धुलोको कारण दिनमा दुईपटक कपडा फेर्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । सरकारले २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडकको विस्तार गरिरहेका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताएता पनि सडक निर्माणले कहिले सम्पन्नता पाउँछ भन्ने अझै टुङ्गो छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com