स्मार्टफोन टावरमा आगजनी


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले बताए ।

आइतबार राति करिब ११ बजेको समयमा आगजनी भएको वस्तु प्रहरी चौकीले जनाएको छ । आगलागीबाट टावरको ओडी बक्स पूर्णरूपमा जलेका कारण त्यस क्षेत्रमा स्मार्टफोनको नेटवर्क अवरुद्ध बनेको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीयवासीले प्रहरीलार्ई जानकारी गराएपछि सोमबार बिहान वस्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगी घटना प्रकृतिबारे थप अनुसन्धान गरी फर्किसकेको छ । विगत पाँच वर्षदेखि धुर्कोटको कोट नजिकै रहेको स्थानीयवासी कमल थापाको बारीमा स्मार्टफोनको टावर सञ्चालनमा रहेको थियो ।

स्मार्टफोनको टावरमा आगजनी भए पनि त्यस नजिकै रहेका अन्य सञ्चारमाध्यमका टावर तथा सञ्चार उपकरणमा भने कुनै क्षति नभएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com