प्रधानमन्त्री र निर्वाचन आयुक्तबीच स्थानिय तहको निर्वाचनबारे छलफल


प्रकाशित मिति : चैत्र ४, २०७३ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयुक्तसँग स्थानिय तहको निर्वाचनबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादव र अन्य चार आयुक्तसँग आसन्न स्थानिय निकायको निर्वाचनबारे जानकारी लिनुभएको छ ।

आयुक्तसंगको जानकारी लिंदै प्रधानमन्त्री प्रचण्डले ताकिएकै मितिमा निर्वाचन गर्न र त्यसका लागि चाहिने सबै ब्यवस्था मिलाइने बचन दिएको प्रमुख आयुक्त डाक्टर अयोधी प्रसाद यादवले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसंगको छलफलमा आयोगले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक दलहरुबीच  सद्भाव, एकता कायम गरी निर्वाचनमा सहभागीताको वातावरण बनाउन प्रधानमन्त्रीलाई सुझाएको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com