प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयुक्तसँग स्थानिय तहको निर्वाचनबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादव र अन्य चार आयुक्तसँग आसन्न स्थानिय निकायको निर्वाचनबारे जानकारी लिनुभएको छ ।
आयुक्तसंगको जानकारी लिंदै प्रधानमन्त्री प्रचण्डले ताकिएकै मितिमा निर्वाचन गर्न र त्यसका लागि चाहिने सबै ब्यवस्था मिलाइने बचन दिएको प्रमुख आयुक्त डाक्टर अयोधी प्रसाद यादवले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसंगको छलफलमा आयोगले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक दलहरुबीच सद्भाव, एकता कायम गरी निर्वाचनमा सहभागीताको वातावरण बनाउन प्रधानमन्त्रीलाई सुझाएको बताएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।