महिलामाथि हुने हिंसाको प्रमुख कारण ‘अशिक्षा’


प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताउनुभएको छ । ‘समानताको पुस्ता स् बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताउनुभयो ।

उहाँले समाजको थिचोमिचो सहँदै आएका मुक्त हलिया र दलित समुदाय अझै हिंसाको पीडा खेप्न बाध्य भएको बताउनुभयो । “महिलाहरुले हिंसा सहेर बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “न्यायिक निकायमा पुगेर हिंसाको प्रतिकार गर्नु पर्दछ ।” हिंसाका घटनाहरु न्यायिक निकायमा पुगेपछि मेलमिलापमा टुङ्गिँदा यसले प्रश्रय पाउँदै आएकाले कानूनी उपचारमा लाग्नुनै श्रेयस्कर हुने उहाँले बताउनुभयो ।

मुक्त हलिया अगुवा तथा पूर्वसांसद हरि श्रीपालीले मुक्त हलिया समुदाय दलित समुदायकै व्यक्तिहरु भएकाले उनीहरुमाथि गर्ने छुवाछूत हट्न नसकेको बताउनुभयो । समाजमा दलित समुदायमाथि अझै हिंसा र थिचोमिचो व्याप्त रहेकाले त्यो हट्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले कानूनले सबै जातजाति, वर्ग र समुदायमाथि समान व्यवहार गर्ने भएकाले कानूनविपरीतका कार्य गरे कानूनअनुसार कारवाहीका लागि अगाडि सर्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानूनमा उल्लेख भएका प्रावधानहरु लागू गर्नसके हिंसाका घटना न्यूनीकरण गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले हिंसाविरुद्धका नीति नियम र कानूनहरु कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आवश्यक पर्ने थप नीति नियम बनाउन तयार रहेको बताउनुभयो ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले मुक्त हलियालाई सामाजिकरूपमा पुनःस्थापन गर्नका लागि शिक्षा, रोजगार र स्वास्थ्यको व्यवस्थासँगै नीति निर्माण तहमा पहुँच अभिवृद्धि गरी आर्थिकरूपमा आत्मनिर्भर बनाइनुपर्ने बताउनुभयो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com