उपनिर्वाचित नजिकिदै गर्दा उम्मेदवारहरु जनता भेट्नमा व्यस्त भएका छन् ।
सर्वोच्च नेता गणेशमान सिंहको १०५ औं जन्मजयन्तीका अवसरमा पोखरा महानगरपालिका– ४ भैरवटोलस्थित सिंहको शालिकमा आयोजित माल्यार्पण समारोहमा बोल्दै पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेललगायत काङग्रेसका नेता तथा कार्यकर्ता । तस्वीरः वासुदेव पौडेलजनताको घरदैलोमा पुग्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ का उम्मेदवार विमला ओली । पछिल्लो समय राजनीतिक दलहरुले चुनावी गतिविधिलाई तिव्रता दिएका छन । तस्वीर : दीपक बोहरा
कास्की क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विद्या भट्टराई पोखरा महानगरपालिका वडा नं ३३ का ९० वर्षीय यज्ञप्रसाद आचार्यसँग आशीर्वाद लिँदै । तस्वीर : जमुनावर्षा शर्मा । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।