थ्यांक्सगिभिङ आउन तीनसाता बाँकी रहँदा न्युजर्सीमा ज्यूदा जंगली टर्कीको आतंक


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

टर्कीको परिकार खाने थ्यांक्सगिभिङ आउन तीनसाता बाँकी रहँदा न्युजर्सीमा ज्यूदा जंगली टर्कीले आतंक मच्याएका छन् । अत्यन्तै आक्रमक जंगली टर्कीहरु समुदायमा प्रवेश गरेर आतंक मच्याएका हुन् ।

न्युजर्सीको टम्स रिभर क्षेत्रका कम्तीमा ५५ समुदायले त्यसक्षेत्रमा जंगली टर्कीहरु नियन्त्रणबाहिर गएको भन्दै उजुरी गरेका छन् । ४० देखि ६० वटासम्म टर्कीहरु कारको छेउमा आउने, ढोका छेक्ने, झ्याल तोड्ने र मान्छेहरुलाई टोक्ने प्रयास गरेको जनाइएको छ ।

घरबाहिर निस्कनमा र कारमा चढ्नमा समेत समस्या भएको स्थानीयबासिन्दाले जनाएका छन् । कारमा चढ्न खोज्दा टर्कीले टोक्न खोज्ने गरेको उनीहरुले गुनासो गरेका छन् ।

स्थानीयहरुले बन्दुक पड्काएर तर्साउन खोजे पनि टर्कीहरु नतर्सिएको जनाइएको छ । उनीहरुले ती टर्कीहरुलाई खतरनाक कुकुरहरुसँग तुलना गरेका छन् ।

भाले टर्कीहरु २४ पाउण्डसम्म वजनका हुने र प्रतिघण्टा २० माइल कुद्न सक्ने बताएका छन् । न्युजर्सी राज्यमा हाल २० हजारदेखि २३ हजारसम्म जंगली टर्कीहरु रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com