कालापानीको प्रसंगले फेरी चर्चामा विधान श्रेष्ठको गीत : माछी मार्न जाउँ न दाजै कालापानीमा


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

भारतीय अतिक्रमणबिरुद्ध विधान श्रेष्ठले गाएको चर्चित गीत माछी मार्न जाउँ न दाजै कालापानीमा पुन चर्चामा आएको छ । यो गीत कुनै बेला रेडियोमा बजाउन प्रतिबन्ध समेत लगाइएको थियो ।

भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै विरोध भइरहँदा सामाजिक सञ्जालमा यो गीत चर्चामा आएको हो ।

नेपाल सरकारले कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ । तर भारतले भने आफूहरुले सार्वजनिक गरेको नक्सा सही भएको बताएको छ ।

विधान श्रेष्ठ, रिता उपाध्याय, जे पापी लगायतको स्वर रहेको यो गीतको रचना विजय श्रेष्ठले गरेका हुन् । विदेशको नोकरीको भर छैन, फर्केर आउँदा घर छैन जस्ता शब्दहरु समेटिएको यो गीतमा रहेका शब्दले अहिले पनि देशभक्त नेपालीको शरिरमा काँडा उमार्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com