एउटा गँगटोको मूल्य ४७ लाख, भाले गंगटोको तौल १२ सय ग्राम


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

जपानमा एउटा गँगटो झण्डै ४७ लाख रुपैया अर्थात् ५ मिलियन यनमा बिक्रि भएको छ । उक्र हिम गँगटो जापानको टोटोरीमा बिक्रीमा राखिएको थियो ।

अहिलेसम्म एउटा गँगटोका लागि यति धेरै मूल्य तिरिएको यो नै पहिलोपटक हो । उक्त भाले गंगटोको तौल १२ सय ग्राम रहेको छ भने १४ सेन्टिमिटर चौडाई रहेको छ ।

यसभन्दा अगाडि एउटा हिम गँगटो झण्डै १८ लाख रुपैया अर्थात् २ मिलियन यनमा बिक्रि भएको थियो । जसको रेकर्ड गिनिज बुकमा नै दर्ता गराइएको थियो ।

यो ५ मिलियन यनको गँगटो टोकियोको एउटा रेष्टुरेण्टमा खानाका रुपमा प्रयोग गरिने जनाइएको छ । केही भाग्यशाली ग्राहकले आफ्नो प्लेटमा यो गँगटो पाउने जनाइएको छ ।

जापानमा यो वर्षका लागि हिम गँगटोको शिकार गर्ने अवधि नोभेम्बर ६ मा सुरु भएको छ । जापानमा चिसो समयमा हिम गँगटोको शिकार गर्ने चलन छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com