जनजातिले गर्यो आन्दोलन घोषणा– फागुन २६ धर्ना, २७ नेपाल बन्द


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

आदिवासी जनजातिले फागुन २६ र २७ गते आन्दोलन गर्ने भएका छन् ।  संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन हुन नहुने भन्दै आदिवासी जनजातिहरुले आन्दोलन गर्न लागेका हुन् ।

आज बसेको बैठकले फागुन २६ गते सिंहदरवारमा धर्ना र २७ गते नेपाल बन्दको आव्हान गरेको आदिवासी जनजाति आन्दोलन राष्टिय अभियानका प्रवक्ता डा. ओम गुरुङले जानकारी दिनुभयो ।

धर्ना र बन्दको कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति राष्टिय आन्दोलन नेपालले संयुक्त रुपमा गर्न लागेको हो ।

जनजाति महासंघले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, प्रमुख तीन दललाई ध्यानाकर्षण पत्र बुझाएर आफ्ना मागबारे जानकारी गराइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com