रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरु


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

नवलपरासी, २२ कात्तिक (रासस) ःभगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) शुरु भएको छ ।

रामग्राम नगरपालिका–७ उजौनीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल स्तुप क्षेत्रमा सर्भे शुरु भएकोे हो । यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो जसको लम्बाइ १० मिटर छ भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ ।

युनेस्कोमार्फत यूके एलायन्सको आर्थिक सहयोग, बेलायतको डुरह्याम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा भौगर्भिक अध्ययनको काम थालिएको हो । यसका लागि बेलायतबाट विज्ञहरुका टोली यहाँ आएर कामको शुरुआत गरेका हुन् । टोलीले आगामी मङ्सिर १ गतेसम्म भौगर्भिक अध्ययनको काम गर्नेछ ।

यहाँ रामग्राम स्तुप क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरु कुन क्षेत्रसम्म फैलिएको छन् । यसको बृहद् क्षेत्रमा जियोफिजिक्स सर्भे गरिँदैछ । जसको लक्ष्य आगामी दिनमा व्यापक रुपमा यस क्षेत्रको अनुसन्धान गर्नु रहेको पुरातत्व विभागका पुरातत्व अधिकृत रामबहादुर कुँवर बताउनुहुन्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

नेपालका सरकारी निकायहरुमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि तथा मेशिनरी उपकरण र पर्याप्त विज्ञ जनशक्ति छैनन् । सो कार्यका लागि आवश्यक उपकरणसहित बेलायतको डुरह्याम विश्वविद्यालयबाट विज्ञको टोलीले काम गरिरहेका छन् ।

भौगर्भिक अध्ययनअन्तर्गत प्रविधि तथा उपकरणमार्फत जमीनको सहतबाट करीब दुई मिटरभित्र सम्मको बनोटको अवस्थालाई तस्बिर वा एक्स–रे सरह कैद गर्न सकिन्छ । जसबाट सो रिपोर्टका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन कार्यलाई सघाउ पु¥याउन मद्दत पुग्दछ । सर्भेबाट जमीनलाई कुनै पनि खनजोत नगरी जमीनमुनि रहेको भग्नावशेष अवस्था पत्ता लगाउने गरिन्छ ।

कुन कुन क्षेत्रमा कस्ता कस्ता भग्नावशेष तथा पुरातात्विक वस्तुहरु रहेका छन् सो पत्ता लगाउन सकिने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती बताउनुहुन्छ । यस पटकको भौगर्भिक अध्ययनबाट अब आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुनेछ । यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ ।

यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ स

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com