राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

कपिलवस्तु/देशभरका ३० जिल्लामा लागू हुने गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तुबाट सुरु भएको छ । मंगलबार कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले महिला उत्थान कार्यक्रमले महिलाको आर्थिक सामाजिक सशक्तीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अति विपन्न, गरिब र लोपोन्मुख महिला समुदायको उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम घोषणा गरेको उनले बताइन् । कार्यक्रम महिलाको जीवनस्तर उकास्न फलदायी हुने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् । कार्यक्रमले महिलाको क्षमता विकास गरी उद्यमी बनाउन, उनीहरूको आर्थिक, सामाजिक रूपान्तरण गर्न, समुदायको दिगो विकासको लक्ष्य हासिल गर्ने, लैंगिक हिंसा रोकथाम गरी प्रभावितको संरक्षणामा जोड दिने उनको भनाइ छ ।

यस्ता ठाउँमा कार्यक्रम
मानव विकास सूचकांकमा पछि परेका जिल्लाका अति विपन्न दलित, पिछडा, जनजाति, खस, आर्य, तथा मुस्लिम समुदायका महिलालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन जिल्ला समन्वय समितिसमेत गठन भएको छ ।

महिलाको क्षमता वृद्धिका लागि कार्यक्रम
कार्यक्रमले महिलाको हक अधिकार सुनिश्चित गर्दै राष्ट्रनिर्माणको प्रत्येक तहमा समान सहभागिता जनाउन जोड दिनेछ । साथै, महिलाको आर्थिक उन्नति, प्रतिष्ठा तथा सम्मान प्रवद्र्धन गरी लैंगिक विभेदको अन्त्य गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रमको लक्ष्य छ । कार्यक्रम ५ नम्बर प्रदेशका कपिलवस्तु, प्युठान, रोल्पा, रुकुममा लागू हुनेछ । नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com