अमेरिकी मोवाइल प्रयोगकर्ताका फोनमा गए राती आए ८ महिना पुराना मेसेज


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

कैयन अमेरिकी मोवाइल प्रयोगकर्ताका फोनमा गएराती ८ महिना पुराना मेसेजहरु आएका छन् । गत भ्यालेन्टाइन्स डेमा पठाइएका मेसेजहरु मोबाइल प्रयोगकर्ताले हिजोरातीमात्र प्राप्त गरेका छन् ।

अमेरिकामा रहेका चारवटै मोवाइल सेवा प्रदायक कम्पनीमा उक्त समस्या आएको जनाइएको छ । त्यसबाट एप्पल र एन्ड्रोइडका डिभाइसहरु प्रभावित भएका छन् ।

पुराना मेसेज पाएकाहरुले आफ्ना अनुभवहरु सामाजिक सञ्जालहरुमा लेखेका छन् । कतिपयले आफ्ना पुराना प्रेमी प्रेमिकाका मेसेज पाएको भन्दै आक्रोश पोखेका छन् ।

कतिपयले देहान्त भइसकेका आफन्त र साथीहरुका मेसेज पाएका छन् । एकजना प्रयोगकर्ताले आफूले ८ महिना अगाडि पठाएको सन्देश मध्यरातमा बोसले पाएको र आफूले राती नचिनेको मान्छेबाट मेसेज पाएको बताएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com