नेपाल एयरलाइन्समा अब नेपाली र विदेशीलाई आन्तरिक उडानमा एउटै भाडा


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

नेपाल एयरलाइन्सले आन्तरिक उडानमा अब नेपाली र विदेशीलाई एउटै भाडा लिने भएको छ । नेपाल एयरलाइन्सले विदेशीका लागि डलर फेयर हटाउने घोषणा गरेको हो ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्‍यन मन्त्री योगेश भट्टराईले डलर फेयरका कारण नकरात्मक प्रभाव परेको भन्दै हटाउने बताएका थिए। निगमले डलर फेयर बुधबारदेखि हटाउने घोषणा निर्णय लिएको हो।

बुधबार गरिएको पत्रकार सम्मेलनको क्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विदेशीहरुबाट लिँदै आएको डलर फेयर हटाएर नेपाली यात्रुसरह नै भाडा लिने बताएका हुन्। डलर फेयरका कारण नेपाल घुम्न आउने पर्यटकले आफूलाई असमान व्यवहार गरेको महसुस गरेको भन्दै यस्तो कार्य राम्रो नभएकोले हटाउन थालिएको खरेलले बताए।

अहिले आन्तिरक उडानमा एयरलाइन्सहरुले नेपाली र विदेशीलाई छुट्टाछुट्टै भाडा लिँदै आएका छन्। यसअघि विभागीय मन्त्री भट्टराईले आन्तरिक उडानमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने योजनाको कार्यन्वयन पनि नेपाल एयरलाइन्सबाट सुरु गरिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com