ज्येष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

काठमाडौँ, २१ कात्तिक (रासस) ःचन्द्रागिरि नगरपालिकाले ८० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ ।

नगरपालिकाले घुम्ती शिविर कार्यक्रम आयोजना गरी बुधबार नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको हो ।

परिचयपत्र वितरण गरिएकामध्ये वडा नं १० मा ५५ ज्येष्ठ नागरिक र आठ अपाङ्गता भएका व्यक्ति तथा वडा नं १२ मा १७ ज्येष्ठ नागरिक रहेका छन् । अपाङ्गता भएका आठमध्ये पाँचले निलो र एक÷एक जनाले पहेँलो, सेतो र रातो कार्ड पाउनुभएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले शारिरीकरूपले अशक्त तथा वृद्धवृद्धालाई सम्बन्धित वडामै पुगेर परिचयपत्र वितरण गरिएको जानकारी दिनुभयो । “आगामी दिनमा अरु वडामा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पनि परिचयपत्र वितरण गछौँ”, उहाँले भन्नुभयो । घुम्ती शिविर सञ्चालनसँगै सेवा लिनबाट कोही पनि बञ्चित हुनुनपर्ने नगरपालिकाले जनाएको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com