शीर्ष नेतृत्वको सामुहिक हत्या प्रयास भएको एमालेको आरोप


प्रकाशित मिति : फाल्गुन २४, २०७३ मंगलबार

सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको प्रमुख विपक्षी दल नेकपा एमालेले  दाबी गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाउँदै  राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको छ ।

काठमाडौं आएका एमाले नेताहरुले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै घटनापछि ३ दिनलाई अभियान स्थगित गरेर  आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

एमालेको मेची—महाकाली अभियान विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेला घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा रहेको छ ।

एमालेले राजविराज घटनाको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगसमक्ष  माग गर्दै आफ्नो मेची—महाकाली अभियानप्रति गृहमन्त्री निधिले दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शंका उब्जाएको एमालेले बताएको छ भने घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने बताएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com