आदेश नमान्नेलाई कारबाही गर्छुः प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : फाल्गुन २४, २०७३ मंगलबार

सप्तरी घटना दुःखद भएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताए । आदेश नमान्ने को हो ? म निलम्बन गरेर कारबाही गर्छु प्रधानमन्त्रीले भने ।

प्रदेश नम्बर २ का कांग्रेस सांसदहरु मंगलबार सप्तरीमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि  न्यायिक छानविनको माग गर्दै  बालुवाटार पुगेका थिए ।

भेटमा उनीहरुलेसप्तरी घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

उनीहरुले एमालेको उत्तेजक अभिव्यक्तिविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका जनतामाथि प्रहरीले गोली चलाएकोमा आफूहरु स्तब्ध भएको प्रतिक्रिया पनि दिएका छन् । कांग्रेस सांसदहरुले एमालेको मधेस विरोधी उत्तेजक अभिव्यक्तिका कारण मधेसका जनता आन्दोलित हुन पुगेको बताएका छन् ।

जवाफमा प्रधानमन्त्रीले आफूले सोमबार विहान प्रहरी प्रमुखलाई बोलाएर कुनै हालतमा गोली नचलाउन आदेश दिएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com