अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित रश्मी शाह


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् । नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडलले सम्मानित गरेको हो ।

नेपालको धनुषा जिल्लामा जन्मेकी शाह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन् । सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आवद्ध भएको पहिलो १० बर्षमा नासाको मिशनका लागि असमान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गरिन्छ । शाहले नासामा आवद्ध भएको ५ बर्षमै अत्यन्तै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

शाहले माटोको मोस्चर मापन, आद्रभूमि, हिउँको गहिराई समुन्द्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । नेपालकी मधेसी महिलाले अमेरिकामा आएर यो उपलब्धी हासिल गर्नुलाई निकै सकारात्मक लिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com