कालोबिरालोले गर्दा अमेरिकामा खेल अबरुद्ध


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

अमेरिकाको मेट लाइफ स्टेडियममा कालो विरालोको कारण केहीबेर खेल अबरुद्ध भएको छ । न्युयोर्क जायन्ट्स र डालस काउब्याइजबीचको नेशनल फुटबल लिग चलिरहदा मैदानमा अचानक कालोबिरालो दौडिएको थियो ।

खेलको दोश्रो हाफ चलिरहदा कालो बिरालो मैदानमा छिरेपछि खेलाडी र प्रशिक्षकहरु खेलमैदानको छेउतिर उभिएका थिए । सुरक्षकर्मीहरुले कालाबिरालोलाई धपाएपछि बिरालो खेलमैदान नजिकैको टनेलमा छिरेर अन्धकारमा बेपत्ता भएको थियो ।

बिरालोले स्टेडियममा सम्पूणै दर्शकको ध्यानाकर्षण गरेको थियो । अन्धविश्वास अनुशार काउ ब्याइजका जनलर मेनेजरले बिरालो खराब साइत भएकाले आफ्ना टिमका लागि खराब हुनसक्ने भन्दै डराएको बताएका थिए ।

तर पछि खेलमा न्युयोर्क जायन्टस् पराजित भयो । जब बिरालो मैदानमा छिरेको थियो त्यतीबेला बल न्युयोर्क जायन्ट्स टिमको नियन्त्रणमा रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com