सुरुङभित्र फसेका चौथो मजदुरको पनि निकालियो शव


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

बझाङको बुंगल नगरपालिकामा निर्माणधिन कालंगा हाइड्रो पावरको सुरुङ भित्र थुनिएका चारै जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट आएको उद्धार टोलीले चार जनाको शव भेट्टाएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुषार सोमबार दिउँसो साढे ३ बजेको समयमा तिन जनाको शव सुरुङ भित्र भेटिएको हो भने एक जनाको शव मँगलवार भेटाएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमका अनुषार चारै जना ‘मजदुरहरुको शवको भेटिएर पुस्टी भै सकेको बताए । हाइड्रो पावरमा काम गर्ने चार मजदुर आइतबार साँझ ४ बजेदेखि थुनिएका थिए सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निस्सासिएर मृत्यु भएको हो ।

सुरुङभित्र थुनिएकामध्ये दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद, र बझाङका शेरसिंह धामी थिए । सुरुङभित्र लगिएको अक्सिजनको पाइप लाइन अवरुद्ध भएपछि अन्य दुई मजदुर भने बाहिर निस्कन सफल भएका थिए। ३५ मेगावाट विद्युत् उत्पादन हुने अपर कालंगा हाइड्रो पावरको ५ किलोमिटर सुरुङ मध्ये ४ किलोमिटर सुरुङ निर्माण भइसकेको छ भने १ किलोमिटर सुरुङ् खन्न बाँकी छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com