न्युजर्सी विमानस्थलमा बन्दुक ठानेर सुरक्षा जाँच गर्दा भेटियो बन्दुक आकारको ट्वाइलेट पेपर होल्डर


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

न्युजर्सीको विमानस्थलमा एकजना यात्रुलाई सुरक्षा जाँचका क्रममा बन्दुक बोकेको आशंकामा चेकजाँच गर्दा उनको झोलामा बन्दुक आकारको ट्वाइलेट पेपर होल्डरमात्र भेटिएको छ । न्युजर्सीको नेवार्क इन्टरनेशनल एयरपोर्टमा टीएसएले ती यात्रुलाई रोकेर बन्दुक भएको आशंकामा चेकजाँच गरेका थिए ।

रिभल्भर गोली घुमाउनका लागि नभएर ट्वाइलेट पेपर घुमाउनका लागि बनाइएको भन्दै टीएसएले सामाजिक सञ्जालमा पोष्ट गरेको थियो । झोला एक्सरे मेसिनबाट पार गराउँदा बन्दुक आकारको उक्त बस्तु बन्दुक जस्तै नै देखिएको थियो ।

बन्दुक र बन्दुक जस्तै देखिने बस्तु ह्याण्डक्यारीमा लैजान नदिइने टीएसएले स्पष्ट पारेको छ । बन्दुक आकारको उक्त बस्तु बोकेका यात्रुलाई विभिन्न विकल्पहरु दिइएको थियो । या त उक्त बस्तु गाडीमा फर्काउन, लगेजमा राख्न, यात्रा नगर्ने अरु साथीलाई दिन वा टीएसए समक्ष बुझाउन यात्रुलाई विकल्प दिइएको थियो । यात्रुले टीएसएलाई नै बुझाउने विकल्प रोजेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com