सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो, भिडियो भाइरल भएपछि मात्र मुद्दा दर्ता !


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

एजेन्सी/भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए ।

युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्‍याए पनि उपचारको क्रममा उनको मृत्यु भयो । घटना अक्टोबर ३० तारिखको हो । घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । यसमा पीडितले आरोपीको नाम बताइरहेका छन् । घटनाको तीन दिनपछि पुलिसले मुद्दा दर्ता गरेको छ । आरोपी फरार छन् ।

आमा खेतमा गएका बेला घरमा छिरे आरोपीः

भारतीय मिडियामा प्रकाशित जानकारी अनुसार चन्डौसको चिमनपुर गाउँमा बस्ने २२ वर्षीया युवती घरमा एक्लै थिएन् । आमा खेतमा काम गर्न गएकी थिइन् । यतिबेला गाउँका दुई युवक अजय र मनिष अचानक घरमा छिरे । दुबैले युवतीलाई बलात्कार गरे । त्यसपछि आरोपीले उनीमाथि मट्टीतेल खन्याएर उनलाई जिउँदै जलाइदिए ।

युवती चिच्याएको सुनेर छिमेकी घटनास्थल पुग्दा उनी नराम्रोसँग जलिसकेकी थिइन् । यतिबेला युवतीले छिमेकीलाई आफूमाथिको घटनाबारे जानकारी दिइन् । मानिसहरुले उनको भिडियो पनि बनाए ।

कडा कारवाहीको निर्देशनः

एसपी सिटी अभिषेकले आमाको निवेदनमा आरोपीमाथि दुष्कर्म र हत्याको मुद्दा दर्ता गरिएको छ । थाना प्रभारीलाई साक्षी जुटाउन र कठोर कारवाहीका लागि निर्देशन दिइएको छ । भिडियोको पनि अनुसन्धान भइरहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com