ब्रेकिङ:: सप्तरीमा मृतकको संख्या ४ पुग्यो


प्रकाशित मिति : फाल्गुन २३, २०७३ सोमबार

विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा नेकपा एमालेको सभा सकिएपछि मधेसी मोर्चा प्रहरी र प्रहरी तथा एमाले कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी, एमाले कार्यकर्ता र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव एक सय मिटर टाढा प्रहरीको गोली लागेर २२ बर्षिया सञ्जन मेहता, दिगम्बर यादव, आनन्द शाह र पिताम्बर मण्डलको मृत्यु भएको छ । प्रदर्शनको क्रममा अन्य ३० जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ । एमालेको कार्यक्रम सकिदै लागेको बेला प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।

एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०–२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाँउ–ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो । घटनाको बारेमा विस्तृत विवरण आउन बाकी छ

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com