अमेरिका : राष्ट्रपतिका एक डेमोक्रेटिक उम्मेदवारले मैदान छाडे, अर्कोले बन्द गरिन् अफिस


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरी उम्मेदवार बेटो ओरोर्कले मैदान छाडेका छन् । उनले शुक्रबार आफ्नो चुनावी अभियान समाप्त गर्दै राष्ट्रपति पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । आफूले प्रतिस्पर्धाका लागि प्रयाप्त फण्डरेज गर्न नसकेको बताउँदै उनले मैदान छाडेका छन् ।

ओरोर्कले सन् २०१९ को तेश्रो क्वाटरमा जम्मा साढे ४ मिलियन डलर फण्डरेज गरेका थिए । विभिन्न उम्मेदवारहरुले मैदान छाडेको घोषणा गरिरहँदा उनको यो कदम सार्वजनिक भएको हो ।

यसैबीच डेमोक्रेटिक प्राइमरी उम्मेदवार कमला ह्यारिसले न्यु ह्याम्सशायरमा तीनवटा चुनावी अभियानका अफिसहरु बन्द गरेकी छिन् । साथै उनले कैयन कर्मचारीहरुलाई समेत हटाएकी छिन् । कमला ह्यारिसको टिम प्राइमरी नोमिनेशन जित्न र सन् २०२० मा ट्रम्पलाई हराउनका लागि फरक रणनीतिमा लागेको जनाइएको छ ।

कमला ह्यारिसले डेमाक्रेटिक पार्टीका तर्फबाट क्यालिफोर्नियाबाट सिनेटमा प्रतिनिधित्व गर्छिन् ।

क्यालिफोर्नियाको एटर्नी जनरलका रुपमा कमलाले ६ बर्ष बिताएकी थिइन् । सन् २०१० मा क्यालिफोर्नियाको एटर्नी जनरलको दौड जित्नु अगाडि उनी सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट एटर्नीमा दुईपटक निर्वाचित भएकी थिइन् ।

क्रिमिनल जस्टिस रिफर्म रेकर्डकी अभियन्ता कमलाले बैबाहिक समानताको लडाईमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेकी थिइन् । कमला अमेरिकी सिनेटरमा निर्वाचित दोश्रो अश्वेत महिला हुन् । सन् १९९२ मा चुनाव जितेकी सिनेटर क्यारल ब्राउन पहिलो अश्वेत महिला सिनेटर हुन् ।

कमला अमेरिकी सिनेटमा पुग्ने पहिलो भारतीय अमेरिकन हुन् । कमलाकी आमा भारतबाट अमेरिकामा बसाई सरेकी थिइन् । कमलाकी आमा श्यामला गोपालन चर्चित स्तन क्यान्सर विशेषज्ञ हुन् । त्यसपछि उनले अमेरिकी अश्वेत जमैकन अमेरिकन डोनाल्ड ह्यारिससँग विवाहगरेपछि कमला जन्मिएकी थिइन् । यसर्थ कमला अहिले अफ्रिकन अमेरिकन र इन्डियन अमेरिकनका रुपमा चर्चित छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com