पार्टी प्रवेसमा कलाकारकाे हाेडबाजी !


प्रकाशित मिति : फाल्गुन २२, २०७३ आईतबार

पछिल्लाे केही महिना यता नेपाली कलाकार राजनीतिक पार्टीमा प्रबेस गर्ने हाेडवाजी नै चलेकाे छ ।   राजनीतिक पार्टीहरुले कलाकारलाई पार्टी प्रबेस गराउने कार्यक्रम जारी नै छ । अाज नयाँ शक्ति पार्टी नेपालमा कलाकारसहित २२३ जनाले पार्टी प्रवेश गरेका छन् ।

राजधानीमा नयाँ शक्ति पार्टीको सांस्कृतिक विभागले आयोजनाले गरेको पार्टी प्रवेश कार्यक्रममा नायक प्रज्वल गिरीको नेतृत्वमा १९३ जना र कलाकार देवीराम राना मगरको नेतृत्वमा ३० जना गरी २२३ जनाले नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्ने कलाकारहरुमा सुरज महर, दिनेश सिंह ठकुरी, कुसुम लामा, संगीता खड्का, अमृता नेपाल, नन्द घर्तीमगर, तलसा घर्तीमगर, राधा रानामगर, दिपक विक, दर्सना तिरुवा, जेनी राना, मिलन आलेमगरलगायत २ सय २३ जना रहेका छन् ।

नवप्रवेशी कलाकारहरुलाई स्वागत गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कलाकारहरु देशको विकास र समृद्धिका सहयात्री भएकोले कलाकारहरुलाई कलाकारिताको माध्यमबाट समृद्धिमा जुट्न आग्रह गरे ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘समृद्धि भनेको आर्थिक विकास मात्र होइन, आत्मीक एवं मानसिक सुख पनि हो,’ संयोजक भट्टराईले भने –‘कलाकारले मानिसमा रहेको सौन्दर्य चेतलाई उजागर गर्छ, यस अर्थमा कलाकार देशको समृद्धिका लागि अभिन्न अंग हुन् ।’

उनले देशका कुनाकाप्चामा अदृष्य रुपमा रहेका कलाकारहरुको प्रतिभा उजागर गर्दै विश्वसामु चिनाउन पनि कलाकारहरुलाई आग्रह गरे । देशको आर्थिक विकास र समृद्धिको साथसाथै समावेशिताको मुद्दालाई पनि सहि ढंगबाट व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संयोजक भट्टराईले सबै जातीय र भाषिक समुदायहरुको संस्कार र संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा सम्मान र प्रवद्र्धनमा कलाकारहरुलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।

कार्यक्रममा नयाँ शक्तिका सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धरले पारम्परिक राजनीतिमा कलाकारहरुलाई गहनाको रुपमा मात्र सजाउने गरिएकोमा असन्तुष्टि जनाउँदै कलाकारिता क्षेत्रलाई पनि राजनीतिमा समान स्थान दिइनुपर्ने बताइन् । उनले नयाँ शक्तिले सांस्कृतिक क्षेत्रलाई महत्वपूर्ण अंगको रुपमा ग्रहण गरेको समेत बताइन् ।

नवप्रवेशी कलाकार प्रज्ज्वल गिरीले नयाँ शक्तिले लिएको आर्थिक विकास र समृद्धिप्रति ऐक्यबद्धता जनाउँदै देशको समृद्धिको चाहना पूरा गर्न आफूहरु पार्टीमा एकताबद्ध भएको जनाए ।  कार्यक्रममा नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, प्रवक्ता खिमलाल देवकोटा, प्रवास संयोजक नवराज सुवेदी, आंगिक संगठन प्रमुख कुमार पौडेल, ४ नं. प्रदेश संयोजक बलावती शर्मा, १ नं. प्रदेश संयोजक पासाङ शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com