Follow @khasokhasmag

तोकिएकै समयमा निर्वाचन गरेर छाड्छुः प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : फाल्गुन २२, २०७३ आईतबार

मधेसी मोर्चासतिहको सहभागीतामा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर छाड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

‘३१ वैशाखको निर्वाचन कुनै हालतमा स्थगित नहुने दावी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेसी मोर्चालाई साथमा लिएर तोकिएकै समयमा निर्वाचन गरेर छाड्ने छ ।’

पूर्वञ्चल विश्व विद्यालयको दिक्षान्त समारोहमा सहभागी हुने जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अन्ततः मधेसी मोर्चा चुनावमा सहभागी हुने बताए ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com