एमालेको राजविराज कार्यक्रम स्थलमा मोर्चाद्वारा अवरोध


प्रकाशित मिति : फाल्गुन २२, २०७३ आईतबार

नेकपा एमालेको अभियान अन्र्तगत राजविराजमा र्न लागेको शभाको स्थान परिबर्तन गरेको जनाईएको छ । अवरोध गर्ने मधेसी मोर्चाको चेतावनीपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले ठाउँ सारेको हो ।

मोर्चाका कार्यकर्ताले राजविराजमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने कार्यक्रम विथोल्ने चेतावनी दिएपछि एमालेले कार्यक्रमको ठाउँ जनाईएको छ । राजरंगशालामा गर्ने तयारी गरिएको कार्यक्रम तीन किलोमिटर उत्तर मलेठ गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सार्ने तयारी गरिएको एमालेद्धारा बताईएको छ ।

एमालेले सोमबार फागुन २३ गते राजविराजस्थित राजरंगशालामा कार्यक्रम गर्ने तयारी गरेको थियो । औद्योगिक क्षेत्रमा कार्यक्रम गर्ने एमालेको तयारीपछि मोर्चाका कार्यकर्ताहरूको जुलुस आइतबार बिहानैदेखि त्यस क्षेत्रलाई घेराउ गरेको छ ।

मुलगेटमा टायर बाल्दै मोर्चा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । कालो झण्डा, मोटरसाइकल र्‍यालीसहित मोर्चा कार्यकर्ताहरु प्रदर्शनमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com