नेवा: नख: न्युयोर्कद्वारा सातौं सामुहिक म्ह पुजा (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

 – अशोक पन्त (तस्वीर )

नेवा: नख: न्युयोर्कले शेर्पा किदुगको हलमा सामुहिक म्ह पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका सदस्यहरु र नेपाली समुदायका बिभिन्न सदस्य तथा प्रतिनिधीहरूका साथै विदेशी पाहुनाहरूको पनि उपस्थिति रहेको थियो।

नख: द्वारा आयोजित म्ह पुजा, संस्थाका महा-सचिव डा. नरेश मान शाक्य द्वारा सहभागीहरूको परिचय गराउदै सञ्चालित कार्यक्रममा अतिथी सत्कार र दर्तामा संस्थाका कोषाध्यक्ष सुजन श्रेष्ठ, निरवर्तमान कोषाध्यक्ष दिपक कुमार प्रधान र रविन्द्र महर्जनले गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रथम उपाध्यक्ष महेन्द्र बीर बज्राचार्यले पुजामा सहाभागी सबै अतिथीहरूलाई स्वागत गदै, नख:को बारेमा छोटो परिचय दिदै नेपाल सम्बत ११४० (नयॉं बर्ष) को शुभकामना ब्यक्त गरेका थिए।

संस्थाका सल्लाहकार अजय मान छोचूंले म्ह पुजा र नेपाल सम्बतको महत्वको बारेमा जानकारी दिदै पुजा मन्त्रविधिबाट नेवा: बिधी पूर्बक म्ह पुजा सम्पन्न गराएका थिए।

नख:ले सबै सहभागीहरू लाई म्ह पुजा बिधी पनि बितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, नेपाल कन्सुलेटका महा बाणिज्यदुत पुष्प राज भट्टराईले नेपाल सम्वत ११४० को क्यालेण्डर विमोचन गरी नेपाल सम्वतको महत्व बारे प्रकाश पार्नु भै सबै नेपालीको स्वास्थ, सुख र उन्नतिको शुभकामना दिनुभएको थियो। यो नेपाल सम्वतको क्यालेन्डर नख: द्वारा अमेरिकामा चौंथो पटक प्रकाशित गरिएको थियो।

न्यूयोर्क सिटीका मेयर बिल दे बलाजियोले नेवा: नख: न्युयोर्कलाई पठाईएको शुभ-कामना सन्देश नख: का महा-सचिव डा. नरेश मान शाक्यले पढेर सुनाएका थिए ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुमान प्रधानले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथीहरू, सहयोगीहरू, स्वयमसेवीहरू, नख:का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू र क्यालेन्डरका बिज्ञापनदाताहरू सबै लाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रममा कुनै कमी-कमजोरी, त्रुटि भएमा क्षमायाचना पनि ब्यक्त गरेका थिए ।अध्यक्ष प्रधानले संसारभरी रहेका सम्पूर्ण नेपालीहरूलाई नेपाल सम्बत ११४० (नयॉं बर्ष) को शुभकामना पनि ब्यक्त गरेका थिए ।

महिला स्वयमसेवकहरू संस्थाका सचिव संगीता छोचूं, सह-कोषाध्यक्ष सलोनी वंत श्रेष्ठ, सदस्य नम्रता प्रधान, राधिका कुमारी श्रेष्ठ, कान्तेश्वरी डंगोल, श्रुती अमात्य, अनिता बज्राचार्य, लघु शाक्य, मोहिनी कर्माचार्य, मैना बज्राचार्य, उजिला प्रधान, सबिना शाक्य, मोनालिसा बज्राचार्य, दिपा महर्जन र मधु श्रेष्ठहरूले सहभागीहरूलाई पुजा गरी सगुन वितरण गरेका थिए भने, पुरूष स्वयमसेवकहरू नख:का सदस्य महेन्द्र कुमार बज्राराचार्य, गौतम कर्माचार्य, संजन प्रधान, जेनिश कर्माचार्य, मनिन्द्र कुमार बज्राचार्य, मृगेन्द्र कुमार बज्राचार्य, अनित श्रेष्ठ, सल्लाहाकार राज कुमार श्रेष्ठ, अभिशेक प्रधान र निकेश महर्जनहरूले नेपालमैं जस्तो गरी झ्व: भ्वय् (नेवा: भोज) खुवाएका थिए।

नेवा: नख: न्यूयोर्क, नेवारी परम्परा, चाड-पर्ब, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com