यस्तो भयो न्युयोर्कमा नेवा गुठीको म्हपूजा


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

न्युयोर्कमा रहेका नेवारी समुदायका नेपालीहरुको संस्था नेवा गुठी न्युयोर्कले भब्य रुपमा म्हपूजा तथा नयाँ वर्ष नेपाल सम्बत मनाएको छ । उडसाइडको गुल्सन टेरेसमा म्हपूजाको आयोजना गरिएको थियो । बेलुका ९ बजेदेखि सुरु भएको म्हपूजा राती अबेरसम्म चलेको थियो ।

नेवा गुठीले हरेकबर्ष न्युयोर्कमा सामुहिक म्हपूजाको आयोजना गर्दै आएको छ । विधिपूर्वक म्हपूजा सम्पन्न गरेपछि सामुहिक भोज गरिएको थियो । कार्यक्रममा म्ह पूजाका लागि नेवार समुदाय मात्र नभएर अन्य समुदायका नेपालीहरुको सहभागिता थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com