एकबर्षमा अमेरिकी सिमाक्षेत्रमा समातिए पौने ५ लाख परिवार, गतबर्षको तुलनामा ३४२ प्रतिशत बृद्धि


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

अमेरिकी सरकारले आर्थिक बर्ष २०१९ मा एकबर्षको अवधिमा सिमाक्षेत्रमा समातिने कागजपत्रविहिन परिवारको संख्या सार्वजनिक गरेको छ । एकबर्षको अवधिमा अमेरिकामा कस्टम एण्ड बोर्डर प्रोटेक्सनले झण्डै ४ लाख ७५ हजार कागजपत्रविहिन परिवारका सदस्यलाई पक्राउ गरेको छ ।

गत बर्षको तुलनामा यो संख्या ३४२ प्रतिशतले बढी रहेको छ । अमेरिकामा शरण चाहनेहरुको संख्यामा आएको बृद्धि र शरणमा लगाइएका लगामका कारण सिमाक्षेत्रमा समातिनेहरुको संख्यामा समेत नाटकीय बृद्धि भएको हो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१८ मा दक्षिणी सिमाक्षेत्रमा १ लाख ७ हजार २ सय १२ परिवारका सदस्यहरु समातिएका थिए । तर २०१९ मा ४ लाख ७३ हजार ६८२ परिवारका सदस्यहरु समातिएका छन् । त्यो बाहेक ७६ हजार २० जना अभिभावक विनाका केटाकेटीहरुलाई पनि सिमाक्षेत्रमा पक्राउ गरिएको छ ।

मे महिनामा एक दिनमा मात्र झण्डै २० हजार जनालाई हिराशतमा लिइएको थियो जुन सरकारको क्षमताभन्दा ५ गुणा बढी हो । सिमाक्षेत्रको संख्या संसारको कुनै पनि अध्यागमन प्रणालीले सम्हाल्न नसक्ने खालको रहेको र अमेरिकाका लागि पनि सम्हाल्न नसकिने खालको रहेको सीबीपीका कार्यकारी प्रमुख मार्क मोग्र्यानले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com