एनआरएन अमेरिकामा १५ सय सदस्य, डेडलाइन मार्च १५


प्रकाशित मिति : फाल्गुन २१, २०७३ शनिबार

एनआरएन अमेरिकाको सदस्यता लिने डेडलाइन नजिकिदै गर्दा अहिलेसम्म एनआरएन अमेरिकाका सदस्य संख्या झण्डै १५ सय पुगेका छन् । पहिले नै सदस्यता लिइसकेका झण्डै साढे २ सय आजिवन सदस्य र अहिलेसम्म सदस्यता लिएका १२५९ नयाँ गरी झण्डै १५ सयले सदस्यता लिइसकेका छन् ।

यसपटकको निर्वाचनमा मतदानका लागि योग्य हुने गरी एनआरएन अमेरिकाको सदस्यता यही मार्च मार्च १५ तारिख पूर्वीय समय अनुशार राती १२ बजेसम्म लिन सकिने छ । विगतमा प्रत्यक्ष फर्म भरेर सदस्यता वितरण गर्दा समस्या देखिएपछि यसपटक अनलाइनबाट मात्र सदस्यता लिनसकिने प्रावधान राखिएको छ ।

मार्च १५ पछि बन्ने सदस्यहरु यसपटकको चुनावमा मतदान गर्न योग्य नहुने एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले जानकारी दिए । मार्च १५ सम्म सदस्यता लिएकाहरुको त्यसलगत्तै प्रमाणिकरण सुरु गरिने र प्रमाणिकरणको प्रकृया झण्डै तीनहप्तामा पूरा हुने जनाईएको छ ।

सदस्यता फारम भर्न यहाँ क्लिक गर्नुहोला ।

आगामी डेढसातामा एनआरएन अमेरिकाको सदस्यता लिनेहरुको संख्या पहिलेको अनुपातमा निकै बढ्ने अनुमान गरिएको छ । तर अघिल्लो चुनावमा जति सदस्यता संख्या भने नपुग्ने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com