‘गोरखाली समाज न्युयोर्क संस्था गोरखाली समाज अमेरिकाको च्याप्टर होइन’


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

गोरखाली समाज अमेरिकाका अध्यक्ष अन्जन श्रेष्ठले आफ्नो संस्थाको च्याप्टर गोरखाली समाज न्युयोर्कको कार्यक्रमबारे आपत्ति जनाउँदै राजिनामा दिएको घोषणा गरे लगत्तै गोरखाली समाज न्युयोर्कका अध्यक्षले भने आफ्नो संस्था कुनै संस्थाको च्याप्टर नभएको बताएका छन् । उनले गोरखाली समाज न्युयोर्क नामको आफ्नो संस्था श्रेष्ठ अध्यक्ष रहेको गोरखाली समाज अमेरिकाको च्याप्टर नभएको बताएका छन् ।

गोरखाली समाज न्युयोर्कका अध्यक्ष तुलसी अमगाईंले खसोखाससँग कुराकानी गर्दै भने – ‘गोरखाली समाज न्युयोर्कको गोरखाली समाज अमेरिकासँग कुनै सम्बन्ध छैन । गोरखाली समाज न्युयोर्क स्वतन्त्र संस्था हो, कसैको च्याप्टर होइन । हामीले स्वतन्त्ररुपमा संस्था दर्ता गरेर कर तिर्दै आएका छौं ।’

तुलसी अमागाईं

गोरखाली समाज न्युयोर्कको कार्यक्रमको अन्त्यतिर अन्जन श्रेष्ठ लगायतका गोरखाका व्यक्तिलाई सम्मान कार्यक्रम राखिएको र त्यो पनि उहाँहरु कुनै संस्थाको अध्यक्ष भएका कारण नभई सम्मानित व्यक्तित्व भएका कारणमात्र सम्मान कार्यक्रम राखिएको अमगाईंले बताए । उनले भने – ‘हामी उहाँहरुलाई सम्मान गछौं । तर त्यो सम्मान कुनै संस्थाको अध्यक्ष भएका कारण नभई उहाँहरुले सामाजिक क्षेत्रमा दिनुभएको योगदानका कारण हो ।’

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्जन श्रेष्ठ

गोरखाली समाज न्युयोर्कले शुक्रबार देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमबारे असन्तुष्टी जनाउँदै गोरखाली समाज अमेरिकाका अध्यक्ष अन्जन श्रेष्ठले फेसबुकमार्फत राजिनामा दिएको घोषणा गरेका थिए । गोरखाली समाज न्युयोर्कका अध्यक्ष अमगाईंले भने -‘उहाँले आफ्नो संस्थाबाट किन राजिनामा दिनुभयो त्यो हामीलाई थाहा भएन । तर उहाँले राजिनामा दिएको संस्था म अध्यक्ष भएको सँस्थासँग सम्बन्धित छैन । अर्कै संस्थाको गतिविधिप्रति असन्तुष्टी जनाउँदै आफ्नो संस्थाबाट राजिनामा दिनु आश्चर्यजनक छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com