Follow @khasokhasmag

चुनावको महत्व नबुझ्नेले राजनीति गर्नुको अर्थ छैनः रामचन्द्र पौडेल


प्रकाशित मिति : फाल्गुन २१, २०७३ शनिबार

अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचनको महत्व मधेसवादी दलहरुले बुझ्न कसकेको नै हो भने उनीहरुले राजनीति गर्नुको अर्थ नरहेको  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ।

बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले लोकतान्त्रिक गणतन्त्रका मेरुदण्ड संघीयता, समावेशिता, गणतन्त्र र लोकतन्त्रलाई बचाइ राख्नका लागि पनि वैशाख ३१ गते निर्वाचन अनिर्वाय रहेको बताए ।

मधेसी मोर्चाले लोकतान्त्रिक प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरका रुपमा स्थानीय तहको निर्वाचनलाई लिनुपर्ने नेता पौडेलको भनाइ रहेको जनाईएको छ ।

‘तोकिएकै समयमा स्थानीय तहको निर्वाचन अनिर्वाय छ,’ कांग्रेस नेता पौडेलले भने, ‘हामीले निर्वाचन समयमै गर्न सकेनौं भने जनआन्दोलनवाट प्राप्त उपलव्धी गुम्ने खतरा छ, यसको रक्षाका लागि मधेसवादी दल जिम्मेवार हुन आवश्यक छ ।’

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com