झापा पुगेर एमाले केन्द्रीय कमिटीमा २० जना मधेसी र थारु थपिए


प्रकाशित मिति : फाल्गुन २१, २०७३ शनिबार

नेकपा एमालेले मेची महाकाली अभियानको अघिल्लो रात  केन्द्रीय कमिटीको संख्या विस्तार गरेर २० जना मधेशी तथा थारु समुदायका नेतालाई मनोनयन गरेको छ । झापाको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले  २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो ।
मेची(महाकाली अभियान अन्तरगत आज झापामा एमालेले तीनवटा जनसभा गर्दैछ । आज काँकडभिट्टा, बिर्तामोड र दमकमा जनसभा गर्ने भएको छ ।

शुक्रबार राति बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् ।

बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरेको छ । मनोनयनमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com