नर्थ क्यारोलाइनामा महाकवि देवकोटा जयन्ति


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

नर्थक्याराेलाइना माेरिस्भिल अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टर तथा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजको आयोजना तथा वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा महाकवि देवकाेटाकाे १११ आैं जन्मजयन्ती सम्पन्न भयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्यापटरका अध्यक्ष शिखर दुलालको अध्यक्षता र च्याप्टरका उपाध्यक्ष शिशिर खनालको उद्घोषणमा संचालन गरिएको कार्यक्रममा संस्थाकी महासचिव निर्मला राजभण्डारीले उपस्थित सबैलाई स्वागत गर्नुभएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले पानस प्रज्वलन गरी सुरु गर्नुभएको कार्यक्रममा उपस्थित अतिथिहरुले देवकाेटकाे तस्बिरमा फुलमाला अर्पण गर्नुभएकाे थियो ।

साहित्यकार डा हरिहर भट्टराईले देवकाेटाकाे साहित्यिक योगदान र लाेकप्रियताकाे चर्चा गर्दै हरेक विधामा उहाँको उत्तिकै उत्कृष्ट याेगदान रहेकाे बताउनुभयाे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टरका सल्लाहकार ईश्वर देवकाेटाले महाकवि देवकोटाको व्यक्तित्वबारे प्रकाश पार्दै महाकवि देवकाेटा नेपाली साहित्यका विशाल समुद्रै रहेको र उनको योगदानको बयान जति गरेपनि छाेटाे र अपूर्ण हुने भन्दै देवकाेटाजस्ता महान व्यक्तिको सम्झना गर्दै यसरी प्रवासमा जयन्ती मनाउनु वहाँप्रती सम्मान भएकाे प्रष्ट्याउनु भयाे।

कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले देवकाेटा साहित्यका एक एैश्वर्य बरदान प्राप्त व्यक्तित्व हुनुहुन्थ्यो, वहाकाे स्थान लिनसक्ने साहित्यकार नेपाली साहित्यले अहिलेसम्म कोही नभएको भन्दै उहाका सिर्जनाहरू नेपाले साहित्यमा अनुरागीहरुको लागि मार्गदर्शक भएको र उहाका रचनाबाट हामीले धेरै सिक्न सक्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय साहित्यकारहरू डा ठाकुर कार्की, रेवती अधिकारी, रमेसप्रसाद गाैतम, विक्रम गाैतम, शिशिर खनाल, डा ऋषि वस्ताकाेटी, नम्रता गुरागाई, निर्मला राजभण्डारी, आरती तिमल्सेना, भिमसेन बस्नेत र नेपालबाट अमेरिका भ्रमणमा रहनुभएका साहित्यकार रमेश प्रसाद गौतम लगायतले आ-आफ्ना आफ्ना कविता पाठ गर्नुभएकाेथियाे । कार्यक्रममा प्रमुख अतिथि शैलेन्द्र सकारले कार्यक्रममा विविध खालका बान्की बोकेका रचनाहरु सुन्न पाएको र भ्रमणको क्रममा नर्थ क्यरोलाइना आइ यहाको साहित्यिक जमातसंग अन्तरक्रिया गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना केही छानिएका कविताहरू सुनाउनुभएको थियो ।

कार्यक्रममा विराेध तिमल्सिनाले महाकवि देवकाेटाकै ”कुन मन्दिरमा जान्छाै यात्री ” गीत गाएर सबैलाई मन्त्रमुग्ध पार्नुभएकाे थियाे ।
कार्यक्रममा नर्थ क्यरोलाइनाका नेपाली स्कुलका विद्यार्थीहरूले देउसीभैलाेले उपस्थित सबैमा तिहारकाे याद दिलाएका थिए । अन्तमा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति शिखर दुलालले कार्यक्रम कार्यक्रम सफल बनाउन सहयाेग गर्ने र उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com