जुवा खालबाट पूर्व गृहराज्यमन्त्रीसहित २५ पक्राउ, साढे ५ करोड बरामद


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पूर्व गृहराज्यमन्त्री इन्द्र बहादुर बानियाँ सहित २५ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट नगद र चेक गरी साढे ५ करोड बढी रकम बरामद भएको प्रहरीले जनाएको छ ।

जुवा खालबाट २ करोड ६७ लाख नगद र ३ करोडको चेक बरामद गरिएको छ । महाराजगञ्जस्थित होटल शम्बलाको पछाडी रहेको बिक्रम पौडेलको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुकोबारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com