अमेरिकामा मादक पदार्थ सेवन नगरेका व्यक्तिको शरिरमा १० बोतल वियर पिएसरह अल्कोहोल


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

अमेरिकाको नर्थ क्यारोलिनामा अचम्मको घटना भएको छ । प्रहरीले एकजना व्यक्तिलाई मादक पदार्थ सेवन गरेको आशंकामा चेकजाँच गर्दा उनले मादक पदार्थ सेवन नगरेको तर उनको शरिरले नै मादक पदार्थ उत्पादन गरेको फेला परेको छ ।

ती व्यक्तिले प्रहरीसमक्ष आफूले मादक पदार्थ सेवन नगरेको बताएका थिए । उनले आफूले मादक पदार्थ सेवन नगरेको भन्दै ब्रेथलाइजर टेस्ट गर्न अस्वीकार गरेका थिए । पछि उनलाई परिक्षणका लागि अस्पताल लगिएको थियो ।

अस्पतालमा लगेर चेक गर्दा उनको शरिरमा शुन्य दशमलव २ प्रतिशतल अल्कोहलको मात्रा देखिएको थियो जुन मादक पदार्थ सेवन गर्ने सिमाबन्दी भन्दा साढे २ गुणा बढी हो । यो मात्रा एकघण्टाको अवधिमा १० बोतल वियर सेवन गरे सरह भएको जनाइएको छ ।

ती व्यक्तिले आफूले मादक पदार्थ नै सेवन नगरेको बताइरहदा सुरुमा डाक्टरले विश्वास नै गरेनन् । तर ४० बर्षका ती व्यक्तिको शरिरले नै अल्कोहोल उत्पादन गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

रिचमण्ड युनिभर्सिटी मेडिकल सेन्टरका शोधकर्ताहरुले ती व्यक्तिको शरिरले नै अल्कोहोल उत्पादन गरेको पत्ता लगाएका हुन् । ती व्यक्तिको आन्द्रामा भएको झ्याउले उनले खाएको कार्बोहाइड्रेडलाई अल्कोहोलमा रुपान्तरण गरेको शोधकर्ताहरुले पत्ता लगाएका छन् । अर्को शब्दमा भन्दा उनको शरिरले वियर उत्पादन गरिरहेको थियो ।

ती व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com