र्‍यापर समिर तामाङ पक्राउ, अभद्र व्यवहारको मुद्दा चलाइने


प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार

चर्चित र्‍यापर समिर तामाङ भिटेन लाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।

पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी पोशाकको दुरुपयोग गरेको तथा प्रहरीको अपमान गरेको आरोपमा पक्राउ परेका भिटेनलाई अभद्रमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनले प्रहरी पोशाकमा चुरोट खाइरहेको तस्बिर फेसबुक प्रोफाइल तस्बिर बनाएका थिए।

बिहीबार बिहान पक्राउ परेका र्‍यापर ‘भिटेन’लाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अभद्र व्यवहार गरेको आरोपमा म्याद थप्ने तयारी गरेको छ । पक्राउ परेका भिटेनलाई बिहीबार दिउँसो मेडिकल जाँचको लागि अस्पताल लगिएको छ । ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा उनले आपत्तिजनक र अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीमा सूचना आएको थियो ।

यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गीत गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरेको थियो । ह्याप्पि तिहार, चिसो वियर बोलको गीत गाएका थापाले सार्वजनिक रुपमा माफी माग्नुका साथै उक्त गीत यूट्यूबबाट हटाएपछि रिहा भएका थिए ।

भिटेन म्युजिक नामक यूट्यूबबाट  सार्वजनिक भएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीलाई नै जथाभावी भनेको भन्दै प्रहरीमा उजुरी परेका थियो ।

उक्त भिडियोमा उनले रक्सी तथा प्रतिबन्धित गाँजाको शब्द समेत प्रयोग गरेका छन् । गीतमा ‘पुलिस चौकी भित्र बस्छु गर्छु दारु खादै मस्ती, शारुखानलाई लोन दिए अस्ती’ जस्ता विवादित शब्द प्रयोग गरेका छन् ।

त्यस्तै ‘यक्तिकैमा समाउन आयो अपराध, बाल छैन्, मत झ्याप, चौकी छिरे डिएसपीलाई दिए अटोग्राफ, त्यो देख्दा डण्ठेहरुलाई आयो हर्टअट्याक‘ समेत भिटेनको र्‍यापमा प्रयोग गरिएको शब्द हो । त्यस्तै यस्ता अनेकन प्रकारका अश्लिल तथा अपशब्द उनको गीतमा प्रयोग गरिएको छ ।

यसैगरी उनले प्रहरीलाई इंगित गर्दै ‘डन्ठेहरुलाई ‘फक’ साइन। अनि हान्दै हिँड्छु थग लाइफ’ समेत भनेका छन्। युवाबीच लोकप्रिय भिटेनलाई गत वर्षमात्र पोखरामा स्टेज कार्यक्रममा ढुंगा प्रहार गरिएको थियो।

गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीतमा प्रश्न उठेपछि गीत नै यूट्यूबबाट हटाए । गीतको विषयमा प्रश्न उठेपछि गीत हटाउँदा सरकारमाथि जनआक्रोश निकै बढेको थियो । पशुपतिको गीत विवादमा आएको आठ महिनापछि गायक दुर्गेश थापाको ‘ह्याप्पी तिहार, चिसो वियर’ मा प्रतिबन्ध लाग्यो ।

दुर्गेशले आफ्नो गीतमा वियरको प्रचार गरेको तथा प्रतिबन्धित गाँजाको विषय उठान गरेको भन्दै गृह मन्त्रालय अपराध महाशाखालाई पठाएको पत्रका आधारमा प्रहरीले थापाको उक्त गीतमा प्रतिबन्ध लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गीतका विषयमा छलफल गर्न अपराध महाशाखालाई थापालाई झिकाउन निर्देशन दिएको थियो । तर प्रहरीको अनुरोधलाई बेवास्था गर्दै हिडेका उनी अन्ततः असोज ५ गते पक्राउ परेका थिए ।

दुर्गेशले गीत हटाउनुका साथै सार्वजनिक रुपमा माफी समेत मागेका थिए । माफी मागेको केही समयपछि उनले त्यही गीतलाई पुनः अपलोड गर्दै अश्लिल शब्द म्यूट गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com